Kathmandu Press

कोरोना ग्राफ : कर्णाली प्रदेश भन्दा बागमतीमा १८ गुणा बढी संक्रमित

काठमाडौं, असोज १५ : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा कोरोना संक्रमणको ग्राफ बढेको बढ्यै छ। पछिल्ला दिनमा उपत्यकामा मात्रै देशभर भेटिने संक्रमित मध्ये आधा...
कोरोना ग्राफ : कर्णाली प्रदेश भन्दा बागमतीमा १८ गुणा बढी संक्रमित

काठमाडौं, असोज १५ : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा कोरोना संक्रमणको ग्राफ बढेको बढ्यै छ। पछिल्ला दिनमा उपत्यकामा मात्रै देशभर भेटिने संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित भेटिने गरेका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार देशभर १ हजार ५५९ जना नयाँ संक्रमित थपिएका थिए। जसमध्ये ९०२ जना उपत्यकाका मात्रै थिए। बुधबार भेटिएका नयाँ संक्रमितको प्रदेश अनुसार तुलना गर्दा सबैभन्दा कम संक्रमित भेटिएको सूदुरपश्चिम प्रदेशमा भन्दा बागमती प्रदेशमा २४ गुणा बढी संक्रमित भेटिएका छन्।

सुदूरपश्चिम प्रदेशमा बुधबार ४२ जना नयाँ संक्रमित थपिएका थिए भने बागमती प्रदेशमा १ हजार ३६ जना संक्रमित भेटिएका छन्। 
विगत एक महिनाको तथ्याकं तुलना गर्दा कर्णाली प्रदेशमा कोरोना संक्रमण सबैभन्दा कम देखिएको छ, भने बागमती प्रदेशको तथ्यांक उकालो यात्रामा छ।  

Hardik ivf

एक महिना अघि भदौ १६ गते बागमती प्रदेशमा सबैभन्दा धेरै ५७४ जना नयाँ संक्रमित फेला परेका थिए। जबकी बुधबार बागमती प्रदेशमा सबैभन्दा धेरै १ हजार ३६ जना नयाँ संक्रमित थपिए। यो एक महिनाको अवधिमा बागमतीमा प्रदेशमा सबैभन्दा धेरै असोज २ गते १ हजार ११६ जना नयाँ संक्रमित थपिएका थिए। 

प्रदेश ५ मा भदौ १६ गते १८० जना नयाँ संक्रमित थपिएका थिए। बुधबार प्रदेश ५ मा १२७ जना नयाँ संक्रमित थपिए। प्रदेश ५ मा सबैभन्दा धेरै भदौ १८ गते ३५९ नयाँ संक्रमित थपिएका थिए। यसैगरी सुदूरपश्चिममा भदौ १६ गते ११५ जना नयाँ संक्रमित थपिएका थिए। त्यसयता यी प्रदेशहरुमा संक्रमणको ग्राफ घट्दो छ। भदौ १७ देखि असोज १४ गतेसम्मको अवधिमा यो प्रदेशमा सबैभन्दा धेरै असोज ११ गते ९७ जनामा संक्रमण भएको थियो। बुधबार भने सुदूरपश्चिममा ४२ जना संक्रमित थपिएका छन्। 

प्रदेश १ मा भदौ १६ गते ८८ जनामा नयाँ संक्रमित भेटिँदा एक महिनाको अवधिमा सबैभन्दा धेरै असोज २ गते १८७ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार प्रदेश १ मा १५९ नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेशमा भदौ १६ गते ६५ जनामा संक्रमण भएकोमा एक महिनाको अवधिमा सबैभन्दा धेरै असोज २ गते १४८ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार गण्डकीमा ९० जना नयाँ संक्रमित थपिएका छन्। 

प्रदेश २ मासमेत संक्रमणको ग्राफ घट्दै गएको छ। भदौ १६ गते प्रदेश २ मा ४१ जनामा संक्रमण भएको थियो। एक महिनाको अवधिमा प्रदेश २ मा सबैभन्दा धेरै भदौ १८ गते ३५९ जना संक्रमित भेटिएका थिए। बुधबार प्रदेश २ मा ५० जना नयाँ संक्रमित फेला परेका छन्। 

भदौ १६ मा कर्णाली प्रदेशमा मात्र ६ जना नयाँ संक्रमित फेला परेकामा सबैभन्दा धेरै असोज २ गते १४१ जना संक्रमित थपिए। बुधबार कर्णाली प्रदेशमा ५५ जना नयाँ संक्रमित फेला परेका छन्।  

कहाँ कति छन् सक्रिय संक्रमित ?

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। जसमध्ये सबैभन्दा धेरै सक्रिय संक्रमित बागमती प्रदेशमा रहेका छन्।

बागमती प्रदेशमा मात्रै १३ हजार ६१८ जना सक्रिय संक्रमित छन्। प्रदेश १ मा १ हजार ८६१ जना, प्रदेश २ मा १ हजार १९३, गण्डकी प्रदेशमा ९७० जना सक्रिय संक्रमित छन्। यस्तै प्रदेश ५ मा २ हजार १४२, कर्णाली प्रदेशमा ६ सय र सुदुरपश्चिय प्रदेशमा ५०७ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: २०:४४ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्