Kathmandu Press

बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

नेपालगन्ज, असोज १५ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ।कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जनाको आज बिहान...
बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

नेपालगन्ज, असोज १५ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जनाको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ। स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४, का ५२ वर्षीय पुरुष मृत्यु भएकाे हाे। उनी काेराेना स‌ंक्रमण भएपछि गत साता अस्पताल भर्ना भएका थिए।

Hardik ivf

त्यस्तै बिहीबार नै शिक्षण अस्पतालमा सुर्खेतकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ। उनी पनि केही दिन अघि अस्पताल भर्ना भएकी थिइन्। उनलाई श्वासप्रश्वासमा समस्या भएकाे थियाे।

उनीहरुको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। जसमध्ये आठ जना अन्य जिल्लाका छन्। उनीहरु उपचारका क्रममा यहाँ आएका थिए।

 

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्