Kathmandu Press

विराटनगरमा सुनसरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु 

विराटनगर, असोज १४ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीका थप दुई जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर...
विराटनगरमा सुनसरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु 
Hardik ivfHardik ivf

विराटनगर, असोज १४ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीका थप दुई जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो। 

इटहरी–५ का ७३ वर्षीय पुरुषको कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि ती वृद्धको बुधबार बिहान अस्पताल भर्ना भएका थिए।

यस्तै,  हरिनगर–२ का ५० वर्षीय पुरुषको बुधबार नै नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।  श्वासप्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना भएका थिए। उपचारका लागि भर्ना भएका ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो। 

प्रकाशित मिति: २०:४९ बजे, बुधबार, असोज १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्