Kathmandu Press

नेप्से आज पुनः ओरालो

काठमाडौं, असोज १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७ दशमलव...
नेप्से आज पुनः ओरालो

काठमाडौं, असोज १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७ दशमलव २१ विन्दुले ओरालो लागेर एक हजार ५५३ दशमलव ६२ मा झरेको छ। 

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ७९ विन्दुले घटेर ३०७ दशमलव ८२ मा ओर्लिएको छ। कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

Hardik ivf

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार उकालो लागेको छ भने नौ उपसमूहको शेयर भने ओरालो लागेको छ। जलविद्युत् २८ दशमलव ०५, उत्पादन ६ र सामूहिक लगानी कोष ० दशमलव ०२ विन्दुले उकालो लागेको छ। बैंकिङ १० दशमलव ८२, व्यापार २४, होटल १० दशमलव ०८, विकास बैंक ० दशमलव ६८, वित्त २ दशमलव ८, निर्जीवन बीमा ४४ दशमलव ९९, अन्य ४ दशमलव ९४, लघुवित्त १३ दशमलव ५८ र जीवन बीमा ४२ दशमलव ९६ विन्दुले घटेको छ।

कारोबारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १७ करोड ४१ लाख ८४ हजार २३९ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै हिमाल दोलखा हाइड्रोपावर १० करोड ६२ लाख ७६ हजार १३७ रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनी सात करोड ८१ लाख ६१ हजार १७६ रुपैयाँ, अरुण भ्याली हाइड्रो पावर सात करोड सात  लाख ७० हजार ९९० रुपैयाँ, एचआइडिसिएल चार करोड ५६ लाख ४२ हजार ३९३ रुपैयाँ, नेपाल बैंक लिमिटेड चार करोड २९ लाख ४४ हजार १७८ रुपैयाँ र युनिभर्सल पावरको चार करोड दुई लाख ३९ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, हिमालयन ऊर्जा विकास कम्पनी ९ दशमलव ९३, आँखु खोला जलविद्युत् कम्पनी ९ दशमलव ९०, घलैम्दी हाइड्रोपावर ९ दशमलव ९०, युनाइटेड मोदी हाइड्रोपावर ९ दशमलव ७२ र युनिभर्सल पावरका लगानीकर्ताले ९ दशमलव ६५ प्रतिशतले आर्जन गरेका छन्। त्यस्तै सपोर्ट लघुवित्त ३ दशमलव ६२, रिलायन्स फाइनान्स ३ दशमलव ५५, श्री इन्भेस्टमेन्ट फाइनान्स ३ दशमलव ३०, साल्ट टे«डिङ कर्पोरेसन २ दशमलव ७४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ दशमलव ४० प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: २३:४६ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्