Kathmandu Press

मोरङमा थप १०१ जनालाई कोरोना संक्रमण 

काठमाडौं, असोज १३ : मोरङमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबारबार गरिएको परीक्षणमा मोरङमा थप १०१ जनामा कोरोनाको संक्रमण...
मोरङमा थप १०१ जनालाई कोरोना संक्रमण 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज १३ : मोरङमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

मंगलबारबार गरिएको परीक्षणमा मोरङमा थप १०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ संक्रमित ६१ जना पुरुष र ४० जना महिला रहेका छन्। 

Hardik ivf

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ७३१ जना डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:४१ बजे, मंगलबार, असोज १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्