थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि
नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असोज १३ : नेपालमा थप १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबारबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४९१ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर ७३१ जना घर फर्किएका छन्।
प्रकाशित मिति: २२:०४ बजे, मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार