Kathmandu Press

ला लिगा : बार्सिलोनाको सुखद् सुरुवात, ग्रानडाको पोस्टमा एट्लेटिकोको गोल वर्षा

ला लिगा : बार्सिलोनाको सुखद् सुरुवात, ग्रानडाको पोस्टमा एट्लेटिकोको गोल वर्षा
Hardik ivfHardik ivf

काठमाडौं, असोज १२ : स्पेनिश लिग फुटबलको नयाँ सिजनमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले आइतबार राति घरेलु मैदानमा भिल्लारियललाई ४–० गोल अन्तरले हराउँदै सुखद सुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा अंशु फातीले दुई गोल, क्लबका मुख्य खेलाडी लियोनल मेस्सीले एक गोलको योगदान गरे । पहिलो हाफको अन्तिम मिनेटमा पाउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ४ गोलले अग्रता लिन सफल भयो । 

लुइस स्वारेजको दुई गोलको मद्दतसँगै ला लिगा नयाँ सिजको आफ्नो पहिलो खेलमा एट्लेटिको म्याड्रिडले शीर्ष स्थानको ग्रानडालाई ६-१ को फराकिलो गोलअन्तरले हराएको छ।  एट्लेटिकोले ग्रानडाको गोलपोस्टमा ६ गोल वर्षा गरेको हो ।

एट्लेटिको जितमा स्वारेजले २ गोल, एन्जेल कोरेरा, जोवा फेलिक्ल, मार्कस लियोरेन्टे र डिएगो कोस्टाले समान १-१ गोलको योगदान गरे । खेलको ८७ औं मिनेटमा ग्रानडाका जर्ज मनिला भिडालले सान्त्वना गोल फर्काएका थिए।

यस्तै अन्य खेलहरुमा लेभान्तेले ओसासुना ३-१ र सेभियाले काडिजलाई ३–१ ले हराउँदा एथलेटिक क्लवले आइबारलाई २-१ ले हरायो भने रियाल भल्लाडोलिड र सेल्टाभिगो १-१ को बराबरी खेले । 

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्