Kathmandu Press

पञ्जावमाथि राजस्थानको कीर्तिमानी जित

काठमाडौं, असोज १२ : इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । साजाहमा आइतबार राति भएको खेलमा २२३ रनको...
पञ्जावमाथि राजस्थानको कीर्तिमानी जित
Hardik ivfHardik ivf

काठमाडौं, असोज १२ : इन्डियन प्रिमियर लिग (आईपिएल) मा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । साजाहमा आइतबार राति भएको खेलमा २२३ रनको लक्ष्य पछ्याउँदै राजस्थानले ४ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै पञ्जाबले दिएको २२३ रनको विशाल लक्ष्य राजस्थानले २ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । यो आईपिएल इतिहासकै सर्वाधिक रन चेज भएको खेल हो । यसअघि राजस्थानले नै सन् २००८ मा डेकन चार्जर्सविरुद्ध २१५ रनको लक्ष्य चेज गर्दै कीर्तिमान बनाएको थियो । 

२२३ रनको लक्ष्य पछ्याउने क्रममा सन्जु सामसन, स्टिभ स्मिथ र राहुल टिवेटियाले अर्धशतकीय योगदान दिए । सामनसनले ४२ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रन बनाए भने टिवेटियाले ३१ बलमा ७ छक्का प्रहार गरे । यस्तै स्मिथले २७ बलमा ७ चौका र२ छक्का प्रहार गरे भने जोफ्रा आर्चरले ३ बलमा २ छक्का प्रहार गर्दै १३ रन बनाए । 

ओपनर जोश बट्लरलाई ४ रनमै गुमाएपछि दबाबमा आएको राजस्थानलाई स्मिथ र सामसनले सम्हाले । यी दुई दोस्रो विकेटका लागि ४० बलमा ८१ रनको साझेदारी गरेका थिए । यस्तै, तेवातिया र सामसनले तेस्रो विकेटका लागि ४३ बलमा ६१ रनको साझेदारी गरेका थिए ।

खेल तीन ओभर बाँकी छँदा राजस्थानलाई ५१ रन चाहिएको थियो, र खेल पञ्जावका पक्षमा थियो । १८औं ओभरमा सेल्डन कोट्रेललाई ५ छक्का प्रहार गर्दै टिवेटियाले राजस्थानलाई खेलमा फर्काएका थिए । पञ्जावका मोहम्मद सामीले ३ विकेट लिए ।

यसअघि राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको पञ्जाबले मायंक अग्रवालको शतक मद्दतमा ३ विकेटको क्षतिमा २२३ रन बनायो । अग्रवालले ५० बलमा १० चौका र ७ चक्का प्रहार गर्दै १०६ रन बनाए । केएल राहुलले ५४ बलमा ६९ रन बनाए । यस्तै, ग्लेन म्याक्सवेलले ९ बलमा १३ र निकोलस पुरनले ८ बलमा २५ रन बनाए । राजस्थानका अंकित राजपुन र टम कुरानले १ विकेट लिए ।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, असोज १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्