Kathmandu Press

आईपिएल : कोलकाताले हैदरावदलाई ७ विकेटले हरायो

काठमाडौं, असोज ११ : इन्डियन प्रियिमर लिग (आईपिएल)मा कोलकाता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । शनिबार राति अबुधाबिमा भएको खेलमा सनराइजर्स हैदरावादमाथि ७ विकेटको जित निकाल्दै कोलकताले पहिलो जित निकालेको हो ।
आईपिएल : कोलकाताले हैदरावदलाई ७ विकेटले हरायो
Hardik ivfHardik ivf

काठमाडौं, असोज ११ : इन्डियन प्रियिमर लिग (आईपिएल)मा कोलकाता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । शनिबार राति अबुधाबिमा भएको  हैदरावादमाथि ७ विकेटको जित निकाल्दै कोलकताले पहिलो जित निकालेको हो ।

अबुधाबिस्थित शेख जायद रंगशालामा १४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभरमा ३ विकेटमात्र गुमाएर लक्ष्य भेट्टायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ७० रनको इनिङ खेले । गिल ६२ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, इओन मोर्गन २९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाउँदै नटआउट रहे भने नितिश रानाले १३ बलमा २६ रन बनाए । हैदरावादका खालिल अहमद, रसिद खान र थंगरासु नटरानले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले मनिष पाण्डेले अर्धशतक बताए पनि निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४२ रनमात्र बनाउन सक्यो । पाण्डेले ३८ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै, कप्तान डेविड वार्नरले ३६ र ऋद्दिमन साहले ३० रनको योगदान दिए । कोलकाताका पाट कमिन्स, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १ विकेट लिए ।

कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । यता, हैदरावादले भने लागतार दोस्रो हारको सामाना गरेको छ । पहिलो खेलमा हैदरावाद रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० रनले पराजित भएको थियो ।

प्रकाशित मिति: १२:३९ बजे, आइतबार, असोज ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्