Kathmandu Press

बार्सिलोनाबाट बाहिरिए स्वारेज, मेस्सीलाई दिए धन्यवाद

काठमाडौं, असोज १० : बार्सिलोनाका पूर्व खेलाडी लुइस स्वारेजले आधिकारीक रुपमा एट्लेटिको मड्रिडसँग सम्झौता गरेका छन् ।उरुग्वेका खेलाडी स्वारेजले एट्लेटिकोसँग दुई वर्षको सम्झौता...
बार्सिलोनाबाट बाहिरिए स्वारेज, मेस्सीलाई दिए धन्यवाद

काठमाडौं, असोज १० : बार्सिलोनाका लुइस स्वारेजले आधिकारीक रुपमा एट्लेटिको मड्रिडसँग सम्झौता गरेका छन् ।

उरुग्वेका खेलाडी स्वारेजले एट्लेटिकोसँग दुई वर्षको सम्झौता गरेका हुन्। ३३ वर्षीय स्वारेज ६ वर्षपछि बार्सिलोनाबाट बाहिरिएका हुन् । उनले ला लिगाको पहिलो सिजनमा नै बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

यसका साथै उनले ला लिगाको उपाधि चार पटक जितेका थिए । मेस्सीले शुक्रबार स्वारेजसँगको फोटो पोष्ट गर्दै उनलाई ‘मिस’ गरिरहेको बताएका थिए । त्यतिमात्रै होइन, मेस्सीले स्वारेजलाई क्लबले त्यसरी अर्को क्लब पठाउन नहुनेसमेत बताएका थिए । स्वारेजले मेस्सीको भावनामा उत्तर दिँदै मेस्सीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, असोज १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्