Kathmandu Press

काठमाडौं उपत्यकामा शुक्रबार थपिए ६४५ जना कोरोना संक्रमित  

काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा शुक्रबार थपिए ६४५ जना कोरोना संक्रमित  
फाइल तस्वीर।
Hardik ivfHardik ivf

काठमाडौं, असोज ९ : काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, शुक्रबार नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। संक्रमितमध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५९ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर १४५५ जना घर फर्किएका छन्।

प्रकाशित मिति: २२:१४ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्