Kathmandu Press

भारतमा एक युवकलाई ६ महिनामा तीन पटक कोरोना

नयाँ दिल्ली, असोज ६ : कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अब बाँचियो भन्ने विश्वास गरिन्छ। तर, भारतका एक युवकलाई ६ महिनामा तीन पटक...
भारतमा एक युवकलाई ६ महिनामा तीन पटक कोरोना
Hardik ivfHardik ivf

नयाँ दिल्ली, असोज ६ : कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि अब बाँचियो भन्ने विश्वास गरिन्छ। तर, भारतका एक युवकलाई ६ महिनामा तीन पटक कोरोना संक्रमण भएको पाइएको छ।

केरलको त्रिशूलका ३८ वर्षीय पालाबेलिल साबियो जोसेफलाई गत ६ महिनामा तीन पटक कोरोना संक्रमण भएको हो। पहिलो पटक उनलाई ओमनमा कोरोना संक्रमण देखिएको थियो।

उनी ओमनको एक इभेन्ट म्यानेजमेन्ट कम्पनीमा सुपरभाइजरका रुपमा कार्यरत थिए। छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। मस्कटको एक अस्पतालमा भर्ना भएपछि कोरोना पोजिटिभ देखिएको थियो। उनी पहिलो पटक मार्चमा कोरोना संक्रमित भएका थिए।

दुई हप्ता अस्पताल बसेपछि उनी निको भए। कम्पनीले पनि छुट्टी दियो। त्यसपछि उनी भारत फर्किए।

ओमनमा संक्रमण बढ्दै गएपछि उनी जुनमा भारत फर्किएका थिए। त्यसपछि उनी जुलाईमा कोरोना संक्रमित भए। केरलको त्रिशूल मेलिकल कलेज भर्ना गरियो। यो पटक भने उनी सिकिस्त भए।

झण्डै तीन साता अस्पतालमा बसे। उनलाई सन्चो लागेपछि कोरोना जाँच गरियो। रिपोर्ट नेगेटिभ आएपछि २२ जुलाईमा डिस्चार्ज भए।

घरमै बसिरहेका थिए। केरलमा कोरोना संक्रमण बढ्दै गइरहेको थियो। सेप्टेम्बरमा फेरि उनी बिरामी भए। कोरोना परीक्षण गराउँदा ५ सेप्टेम्बरमा रिपोर्ट पोजिटिभ आयो।
उनी फेरि अस्पताल भर्ना भए। यस पटक एक हप्ता अस्पताल बसे। र ११ सेप्टेम्बरमा उनी निको भएर घर फर्केका छन्।

यस घटनाको भारतको स्वास्थ्य विभागले विष्लेषण गरिरहेको छ। विभागका डा.बी इकवलले यसको अध्ययन भइरहेको बताए।

त्यस्तै, भारतको स्वास्थ्य सचिव राजन एन खोबरागडेले यसको अध्ययन भइरहेको जनाएका छन्। उनले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै यस किसिमका अन्य केस नदेखिएको बताए। एउटा मात्रै केस देखिएकोले यसको अध्ययन भइरहेको उनले बताएका छन्। (एजेन्सीकाे सहयाेगमा)

 

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्