Kathmandu Press

काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं, असोज ८ :  कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंका तीन पुरुष र एक महिला...
काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, असोज ८ :  कोरोना भाइरसको संक्रमणबाट काठमाडौं उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंका तीन पुरुष र एक महिला तथा भक्तपुरका एक महिला र एक पुरुष गरी ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार कोरोना संक्रमित काठमाडौंका ७५, ७९ र ८० वर्षीय पुरुष तथा ८२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। यस्तै, भक्तपुरका ७३ वर्षीया महिला र ८४ वर्षीया कोरोना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। 

काठमाडौं उपत्यकामा ६ जना सहित देशभर बिहीबार कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ। 
 

प्रकाशित मिति: २२:४९ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्