Kathmandu Press

बलिउडका चार अभिनेत्रीलाई लागूऔषध मुद्दामा सोधपुछ गर्न एनसीबीको पत्र

मुम्बई, असोज ८ : लागूऔषध मुद्दामा भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बलिउडका चार अभिनेत्रीसँग सोधपुछ गर्ने भएको छ। एनबीसीले उनीहरलाई पत्र पठाएको छ।एनसीबीले...
बलिउडका चार अभिनेत्रीलाई लागूऔषध मुद्दामा सोधपुछ गर्न एनसीबीको पत्र

मुम्बई, असोज ८ : लागूऔषध मुद्दामा भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बलिउडका चार अभिनेत्रीसँग सोधपुछ गर्ने भएको छ। एनबीसीले उनीहरलाई पत्र पठाएको छ।

एनसीबीले बलिउड अभिनेत्री दीपिका पादुकोणे, सारा अलि खान, श्रद्धा कपूर र राकुल प्रित सिंहलार्य पत्र पठाएको हो। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या पछि पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीले उनीहरुको नाम लिएपछि सोधपुछ गर्न लागिएको जनाएको छ।

Hardik ivf

दीपिकालाई मंगलबार पत्र पठाइएको छ। एनसीबीले दीपिकालाई २५ सेटेम्बरमा सोधपुधको लागि बोलाएको छ। अहिले उनी गोवामा रहेकी छन्।

त्यस्तै, एनसीबीले रकुललाई २४ सेटेम्बरमा तथा श्रदा र सारालाई २६ सेप्टेम्बरमा सोधपुछका लागि बोलाएको छ।

यसअघि एनसीबीले बलिउड निर्माता मधु मन्टेनालाई पनि बोलाएको थियो। उनले बुधबार एनसीबी पुगेर आफ्नो बयान दर्ता गराएका छन्।

एनबीसीले यस मुद्दामा रिया चक्रवर्ती उनका भाइ सोविक चक्रवर्ती, सुशान्तका म्यानेजर शम्युएल मिरान्दा र उनका घरका कर्मचारी दिपेश सावन्तलाई पक्राउ गरेका थियो।

बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्यापछि एनबीसीले लागूऔषधमा छानबिन सुरु गरेको हो। सुशान्तले लागूऔषधि सेवन गर्दै आएको खुलेको थियो।

 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्