Kathmandu Press

इपिएल : म्यानचेस्टर सिटीको विजयी सुरूवात, एस्टन भिल्लासँग सेफिल्ड पराजित  

इपिएल : म्यानचेस्टर सिटीको विजयी सुरूवात, एस्टन भिल्लासँग सेफिल्ड पराजित  
Hardik ivfHardik ivf

काठमाडौं, असोज ६ : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।

सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो ।

रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सका लागि गोल गरे । डि ब्रुयनलाई बिट गर्दै दिएको उत्कृष्ट क्रसमा जिमिनेजले हेडुरमार्फत जाली चुमाएका थिए । इन्चुरी समयको पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीका लागि तेस्रो तथा निर्णायक गोल गरे । जितसँगै सिटीको ३ अंक जोडेको छ । वल्भ्सको यो पहिलो हार हो । यसअघि वल्भ्सले सेफिल्डलाई हराएको थियो ।

यस्तै, सेफिल्ड युनाइटेडले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार राति भएको खेलमा एस्टन भिल्लासँग १-० ले पराजित सेफिल्डको यो दोस्रो हार हो । १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडविरूद्ध जित निकाल्न भिल्लालाई भने निकै संघर्ष गर्न पर्‍यो । भिल्लाको जितमा इज्री कोन्साले ६३ औं मिनेटमा गोल गरे ।

खेलको १२औं मिनेटमा जोन इगन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा समेटिएको थियो । ३६औं मिनेटमा जोन लन्डस्ट्राम पेनाल्टीमा चुक्दा सेफिल्डले अग्रता लिने अवसर गुमाएको थियो । भिल्लाले पहिलो खेलमा नै सफलता हात पारेको हो ।

प्रकाशित मिति: १३:२४ बजे, मंगलबार, असोज ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्