Kathmandu Press

प्रदेश २ मा थप २४ जनालाई कोरोना भाइरसको संक्रमण

वीरगन्ज, असोज २ : प्रदेश २ मा आज बिहान २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरु पर्सा, बारा र रौतहटमा हुन्।गएराति नारायणी...
प्रदेश २ मा थप २४ जनालाई कोरोना भाइरसको संक्रमण

वीरगन्ज, असोज २ : प्रदेश २ मा आज बिहान थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरु पर्सा, बारा र रौतहटका रहेका छन्।

गएराति नारायणी अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए।

Hardik ivf

कोरोना सक्रमण देखिएकाहरुमा पर्साका १४, बाराका ६ र रौतहटका चार जना रहेका छन्।  त्यस्तै, पर्साको वीरगञ्ज महानगरपालिकामा तीन, कालिकामाई गाउँपालिकामा पाँच, पर्सागढी नगरपालिकामा पाँच र सखुवा प्रसौनी गाउँपालिकामा एक जना थपिएका हुन्।

बारामा थपिएका संक्रमितहरु कोल्हवी नगरपालिकाका तीन, महागढीमाई नगरपालिकाका दुई र जितपुर सिमरा उपमहानगरपालिकाका एक जनामा रहेका छन्। यस्तै, रौतहटको गढीमाई नगरपालिकामा दुई, माधव नारायण नगरपालिकामा एक र इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत एक जनामा प्रहरी जवान रहेका छन्।

आज संक्रमण पुष्टि भएकाहरु १४ देखि ६६ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ। उनीहरु कन्ट्याक्ट ट्रेसिङ र शंका लागेर कोरोना परीक्षण गर्नेहरु रहेका छन्।

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्