Kathmandu Press

सुर्खेतमा २८ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

सुर्खेतमा २८ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

वीरेन्द्रनगर, असोज १ : सुर्खेतमा २८ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा वीरेन्द्रनगरमा रहेको विमानस्थलस्थित राजदल गणमा कार्यरत नेपाली सेनाका २८ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। 

Hardik ivf

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले छुट्टी सकेर गणमा फर्किएकाहरुको कोरोना परीक्षण गरिएको थियो। गत भदौ २८ गते संकलन गरिएको स्वाबको रिपोर्ट बिहीबार आएको वाग्लेले जानकारी दिए। 

उनका अनुसार कोरोना पुष्टि भएका सेनालाई सेनाकै आइसोलेसनमा पठाइएको छ।
 

प्रकाशित मिति: १९:३० बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्