फ्रेन्च लिगमा पीएसजीको पहिलो जित

काठमाडौं, असोज १ : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई १–० ले हराउँदै नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जित हात पारेको हो ।
दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो । प्रतिबन्धमा रहेका नेयमार र कोरोना संक्रमणका कारण एम्बाप्पेबिना खेलेको पीएसजीले कठिन जित हात पारेको हो ।
खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जीत दिलाएका हुन् । जितसँगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।
प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार