काठमाडौंमा ६५२ सहित उपत्यकामा थपिए ७३७ जना कोरोना संक्रमित
काठमाडौंमा ६५२ सहित उपत्यकामा थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ ३१ : काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६५२, भक्तपुरका २५ र ललितपुरका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, बुधबार नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३७९ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १८:३३ बजे, बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)