Kathmandu Press

वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता

काठमाडौं, भदौ ३१ : क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि.ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न...
वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता

काठमाडौं, भदौ ३१ : क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि.ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन्। सहकार्य गर्नेबारेको समझदारीपत्रमा कलेजमा मंगलबार प्रिन्सिपल उदयराज पौडेल र बैंकका कार्यकारी अधिकृत प्रवीण बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त बैंकका कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता एवं उत्प्रेरणा अभिवृद्धि गर्दौ व्यवसायिक तथा व्यक्तिगत लक्ष्य हासिलका लागि अवसर प्रदान गर्न क्वेष्ट कलेजले अध्यापन, अनुगमन तथा तालीममार्फत योगदान पु¥याउने साझेदारी भएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिए।

Hardik ivf

बैंकका कर्मचारीले क्वेष्टका कुनै पनि डिग्री कार्यक्रम तथा तालीममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको उनले बताए। बैंकले पनि क्वेष्टका विद्यार्थीलाई इन्टनसीपको अवसर दिँदै आएको जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत बस्नेतले समझदारी र सहकार्यलाई मानव संशोधन विकासमा शैक्षिक क्षेत्र, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमका रुपमा लिइएको बताए। 
    
पोखरा विश्वविद्यालयबाट सन् २००९ मा सम्बन्धन प्राप्त गरी व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेका कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिए।

त्यसैगरी कामना सेवा विकास बैंकले ९०० कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १२४ शाखामार्फत देशका विभिन्न स्थानमा सन् २००६ देखि बैंकिङ सेवा प्रदान गर्दैआएको छ।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, भदौ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्