Kathmandu Press

काठमाडौंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौं, भदौ ३० : काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, मंगलबार नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३७१ जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १०६२ जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्