सैलुन खोल्न पाउनुपर्ने माग गर्दै नाई व्यवसायी सडकमा
संयुक्त नाई संघर्ष समितिको अगुवाइमा उनीहरुले ललितपुरको जावलाखेलदेखि काठमाडौंको माइतीघर मण्डलसम्म प्रदर्शन गरेका छन्।
काठमाडौं, भदौ ३० : सैलुन खोल्न पाउनुपर्ने माग गर्दै नाई व्यवसायी सडकमा उत्रिका छन्। उनीहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
संयुक्त नाई संघर्ष समितिको अगुवाइमा उनीहरुले ललितपुरको जावलाखेलदेखि काठमाडौंको माइतीघर मण्डलसम्म प्रदर्शन गरेका छन्। उनीहरुले तत्काल देशैभर सैलुन र ब्युटी पार्लर खोल्न पाउनुपर्ने माग गरेका हुन्।
लामो लकडाउन र निषेधाज्ञाले गर्दा गुजारा चलाउने कठिनाइ भएको जनाउँदै तत्काल व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। यससँगै लकडाउन अवधिको राहत व्यवस्था गर्न, बैंक ब्याज मिनाहा गर्न, पसल तथा कोठाभाडा मिनाहा गर्न माग गरेका छन्।
त्यस्तै, सैलुन र ब्युटी पार्लर सञ्चालन गर्नका लागि श्रमिकलाई निःशुल्क पीपीई प्रदान गर्न माग गरेका छन्। योसँगै नाई श्रमिकहरुको ५० लाखको जीवन बिमा गर्न पनि आग्रह गरेका छन्।
प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार