Kathmandu Press

कामदारमा कोरोना देखिएपछि बर्दियामा सीजीको उत्पादन बन्द

बर्दिया, भदौ ३० : बर्दियाको बाँसगढी नगरपालिकास्थित सीजी फुड्समा कार्यरत ५६ जना कामदारलाई कोरोना भाइरसको संक्रमण भएको छ।कामदारलाई कोरोना संक्रमण देखिएपछि उनीहरुलाई होटलको...
कामदारमा कोरोना देखिएपछि बर्दियामा सीजीको उत्पादन बन्द

बर्दिया, भदौ ३० : बर्दियाको बाँसगढी नगरपालिकास्थित सीजी फुड्समा कार्यरत ५६ जना कामदारलाई कोरोना भाइरसको संक्रमण भएको छ।

कामदारलाई कोरोना संक्रमण देखिएपछि उनीहरुलाई होटलको आइसोलेसनमा राखिएको छ। उनीहरको कम्पनीले नै कोरोना परीक्षण गराएको थियो। संक्रमण देखिएका सबै कामदारलाई सुविधायुक्त होटलको आइसोलेसनमा राखिएको सीजी फुड्स बर्दियाका वरिष्ठ प्रवन्धक दिनेश भण्डारीले बताए।

Hardik ivf

कामदारमा कोरोना देखिएपछि तत्कालका लागि उत्पादन बन्द गरिउको छ। केही दिनका लागि बर्दियाबाट उत्पादन बन्द गरिएको कम्पनीले जनाएको छ। महामारीको अवस्थालाई हेरेर स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर कम्पनी सञ्चालन गरिने भण्डारीले बताए।

बर्दियास्थित सीजी कम्पनीमा तीन सय २७ कामदार कार्यरत छन्। ५६ जनामा कोरोना देखिएपछि अन्य कर्मचारी पनि होम क्वारेन्टिनमा बसेका छन्।

यो कम्पनीले दैनिक १४ हजार कार्टुन चाउचाउ उत्पादन गर्दै आएको छ। यसका लागि स्थानीय ३० लाख केजी कृषि उपज कम्पनीले खपत गर्दै आएको छ। जसले गर्दा यस क्षेत्रका बासिन्दाले रोजगारी पाएका छन्।

 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्