Kathmandu Press

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

काठमाडौं, भदौ २९ : नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनमा संक्रमण पुष्टि...
नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई कोरोना संक्रमण
Hardik ivf

काठमाडौं, भदौ २९ : नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो। 

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका क्याप्टेन लामा र उनीसँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमण देखिएपछि दुबै जना सोल्टी होटलको आइसोलेसनमा बसेका छन्।

यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीकै क्वारेन्टाइनमा राखेको थियो।

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, भदौ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्