Kathmandu Press

भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ
Hardik ivfHardik ivf

स्याङ्जा, भदौ २९ : स्याङ्जामा प्रहरीले भरुवा बन्दुकसहित दुईलाई पक्राउ गरेको छ।

पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र ६० वर्षीय ओमबहादुर हमाललाई चार थान बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले दुवै जनाको घरमा खानतलासी गरेको थियो। त्यहि क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई आइतबार हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी अधिकारीले बताए।

प्रकाशित मिति: १०:३५ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्