Kathmandu Press

पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमै

काठमाडौं, भदौ २८ : कोरोना भाइरसको परीक्षण गर्ने शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब सरकारद्वारा मान्यता प्राप्त जुनसुकै...
पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमै

काठमाडौं, भदौ २८ : कोरोना भाइरसको परीक्षण गर्ने शुल्क घटेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब सरकारद्वारा मान्यता प्राप्त जुनसुकै ल्याबमा पीसीआर परीक्षण गर्दा दुई हजार रुपैयाँ मात्र लाग्ने भएको हो।

Hardik ivf

बजारमा कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्रीको मूल्य घटेकोले परीक्षण  शुल्क पनि घटेको उनले बताए। 

यसअघि ललितपुरको कुपण्डोलस्थित बिध ल्याबले कोरोना परीक्षणको शुल्क घटाउँदै दुई हजार रुपैयाँमा परीक्षण गरिने बताएको थियो।

त्यस्तै, चार वटा अस्पतालमा पीसीआर जाँच गर्दा फरक–फरक नतिजा आएको सम्बन्धमा मन्त्रालयले ध्यानाकर्षण भएको उल्लेख गर्दै गौतमले त्यसको जाँच सुरु भएको जानकारी दिए। के कसरी त्यस्तो भएको सम्बन्धमा मन्त्रालयले जाँच थालेको छ,’ गौतमले भने।  

बंगलादेशबाट प्राप्त भएको रेम्डेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिकाअनुसार उक्त औषधि प्रयोग गर्न सूचिकृत भएका अस्पतालहरुमा बिरामीको चापअनुसार वितरण गर्ने र त्यसको सम्पुर्ण विवरण परिषदमार्फत मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय भएको गौतमले उल्लेख गरे ।

अहिलेमात्र ५ हजार भाइल रेम्डेसिभिर इन्जेक्सन प्राप्त गरेको गौतमले जानकारी दिए । 

त्यसैगरी देशभर संचालित एम्बलेन्स बिरामी बाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइएमा तुरुन्त दर्ता खारेज गरिने र भविष्यमा उक्त संस्थालाई एम्बुलेन्स संचालन पनि गर्न नदिइने उनले बताए।

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्