Kathmandu Press

प्रिमियर लिग : आर्सनल र लिभरपुलको विजयी सुरूवात, पहिलो खेलमै सलाहको ह्याट्रिक 

काठमाडौं, भदौं २८ : इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-०...
प्रिमियर लिग : आर्सनल र लिभरपुलको विजयी सुरूवात, पहिलो खेलमै सलाहको ह्याट्रिक 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं २८ : इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको छ ।

आर्सनलको जितमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे । फुलहमको घरेलु मैदानमा आर्सनलले खेलको ९औँ मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो । दोस्रो हाफमा आर्सनलले थप दुई गोल थप्यो । 

यस्तै, डिफेन्डिङ च्याम्पियन लिभरपुलले लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ । घरेलु एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।

यो सँगै सलाह प्रिमियर लिगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए । 

गएराती भएका अन्य खेलमा न्युकासल युनाइटेडले वेष्टह्याम युनाइटेडलाई २-० ले हराउँदा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले हरायो । 

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, भदौ २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्