रोनाल्डोको गोलमा पोर्चुगलले जित्यो, फ्रान्सले क्रोएसियालाई हरायो
काठमाडौं, भदौं २४ : युईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई हराएको छ । एम्बाप्पे बिनाको फ्रान्सलाई जिताउन एन्टोइन ग्रेजम्यान, डायोट उपमेकानो र ओलिभर जिरुले...
काठमाडौं, भदौं २४ : युईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियालाई हराएको छ ।
एम्बाप्पे बिनाको फ्रान्सलाई जिताउन एन्टोइन ग्रेजम्यान, डायोट उपमेकानो र ओलिभर जिरुले १–१ गोल गरे । एक गोल डोमिनिक लिभाकोभिकले आत्मघाती गर्दा फ्रान्सलाई सहज जित हात लाग्यो ।
यही समूहको अर्को खेलमा पोर्चुगलले स्वीडेनलाई २–० गोल अन्तरले हरायो । पोर्चुगललाई जिताउन दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे ।
यस्तै बेल्जियमले आइसल्यान्डमाथि ५–१ गोलको शानदार जित निकालेको छ भने डेनमार्क र इङ्ल्याण्डले गोलरहित बराबरी खेले ।
प्रकाशित मिति: ०८:२५ बजे, बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार