Kathmandu Press

थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि 

नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि 
Hardik ivf

काठमाडौं, भदौ २२ : नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ९७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्।  प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६  जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्