कोरोनाबाट सबैभन्दा बढी मृत्युदर रहेको पेरुको कथा, पाँच गल्तीले निम्ताएको भयावह अवस्था
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार पेरुको मृत्युदर ८८ दशमलव ४० प्रतिशत छ। दक्षिण अमेरिकी देशमध्ये कोरोना संक्रमण सबैभन्दा पहिले ब्राजिलमा देखिएको थियो। ब्राजिल कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेको देशको सूचीमा दोस्रो नम्बरमा छ।काठमाडौं, भदौ १४ : कोरोनाका कारण खराब अवस्थामा रहेका देशको सूचीमा अमेरिका, ब्राजिल, भारत, मेक्सिकोलगायतका देश छन्। तर कोरोनाका कारण मृत्युदर सबैभन्दा धेरै भएको देश न अमेरिका हो न त भारत नै। त्यो देश हो अमेरिकाको पूर्वी समुद्र तटसँग जोडिएको कम्युनिष्ट मुलुक पेरु। जहाँ कोरोनाको कारण हुने मृत्युदर विश्वमै सबैभन्दा धेरै छ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार पेरुको मृत्युदर ४.५ प्रतिशत छ । दक्षिण अमेरिकी देशमध्ये कोरोना संक्रमण सबैभन्दा पहिले ब्राजिलमा देखिएको थियो। ब्राजिल कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेको देशको सूचीमा दोस्रो नम्बरमा छ। ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख २० हजार मानिसको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिकामा मृत्युको आँकडा केही सातामा दुई लाख पुग्नेछ।
सबैभन्दा पहिले लगाइएको थियो प्रतिबन्ध
महामारीको सुरुवाती दिनमा दक्षिण अमेरिकी देशमध्ये पेरु त्यही देश थियो, जसले भाइरस फैलनबाट रोक्नका लागि कडा प्रतिबन्ध लगाएको थियो। लकडाउनबाट लागेको झट्काबाट बच्नका लागि राहत प्याकेज दिने देश पनि पेरु नै थियो।
पेरुमा अहिलेसम्म कोरोनाका कारण २८ हजार ४७१ मानिसको मृत्यु भइसकेको छ। जोन्स हप्किन्सको ड्यासबोर्ड अनुसार कोरोनाबाट धेरै मानिसकाे मृत्यु हुने देशको सूचीमा पेरु नवौं स्थानमा छ। पछिल्लो साता पेरुमा कोरोनाबाट मृत्यु हुनेकाे संख्यामा धेरै कमी आएको थियो। बुधबार पेरुको स्वास्थ्य मन्त्रालयले १२३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। तर बिहीबार मृत्यु हुनेको संख्या बढेर १५३ पुगेको छ। किन ३ करोड २५ लाख जनसंख्या भएको पेरुमा कोरोनाबाट सबैभन्दा धेरैले ज्यान गुमाइरहेका छन्?
यस पछाडिका पाँच कारण यस्ता छन्ः
पहिलो कारण - कमजोर स्वास्थ्य व्यवस्था
सायटनो हेरेडिया यूनिभर्सिटी अफ लिमाका प्रोफेसर तथा इन्सिटट्युट अफ ट्रिपिकल मेडिसिनका पूर्व निर्देशक डाक्टर एडुआर्डो गोटुचोले स्वास्थ्य व्यवस्था सुधार्न देशले कम लगानी गरेको बताउँछन्। उनका अनुसार पेरुमा अस्पतालको कमीसँगै आइसीयू बेडसमेत छैनन्। स्वास्थ्यकर्मीको तलब न्युन छ। यस्तै एक मात्रै ल्याब छ जसले मोलिक्युलर टेस्ट गर्न सक्छ।
पछिल्लो दशकमा पेरुमा स्वास्थ्य क्षेत्रमा लगानी थोरै बढेको छ। विश्व बैंकले गरेको एक आंकलन अनुसार सन् २०१७ सम्म पेरुले कुल जिडिपीको ४ दशमलव ९ प्रतिशतसम्म स्वास्थ्य क्षेत्रमा लगानी भएको छ।
म्याक्रोकन्सल्ट कन्सल्टेन्सीका अर्थशास्त्री एल्मर क्युबा भन्छन्, ‘अहिले पनि विकास दरको तुलनामा यहाँ स्वास्थ्य प्रतिको खर्च निकै कम छ।’ महामारीको सुरुवाती दिनमा पेरुका अस्पतालमा केवल तीन हजार बेड र आइसियूमा एक सय बेडको व्यवस्था गरिएको थियो। राष्ट्रपति मार्टिन विजकाराका अनुसार जूनको अन्त्यसम्म अस्पतालमा बेडको संख्या बढाएर १८ हजार र आइसियूको संख्या बढाएर एक हजार ६६० पुर्याइएको छ।
‘तर यो महामारी तयारी भन्दा एक कदम अघि छ,’ डाक्टर एडुआर्डो गुटजो भन्छन्। सायटानो हेरेडिया यूनिभर्सिटीका पब्लिक हेल्थ एक्सपर्ट डाक्टर अर्नेस्टो गजर भन्छन्, ‘स्वास्थ्य व्यवस्थामा भएको सुधारको असर मृत्यु दरमा परेको छ। अहिले मृत्युदर विस्तारै घटिरहेको छ।’ यद्यपी मृत्युदर धेरै हुनुमा यो मात्रै कारण होइन।
दोस्रो कारण - रोकथाममा कम ध्यान
डाक्टर गजरले कोरोनासँग सरकारले लड्न कमजोर बाटो हिँडेको बताए। ‘अस्पतालको महत्वपूर्ण भूमिका र सुरक्षासँगै टेस्ट कम गर्दा समस्या विकाराल बन्न पुग्यो,’ उनी भन्छन्, ‘यसको नतिजाका कारण संक्रमणको वृद्धिदर रोक्न सकिएन। लकडाउनबाट जुन आशा गरिएको थियो, त्यो समेत पुरा हुन सकेन।’
सरकारले आइसियू बेडको संख्या थप्यो तर बिरामीलाई अन्तिम अवस्थामा पुग्न नदिन गर्नुपर्ने काम गर्न सकेन। सरकारको आलोचना गर्दै उनी भन्छन्,‘सरकारले सेरोलोजिकल टेस्ट र र्यागपिड टेस्टको संख्या बढायो। जसले संक्रमणबारे यकिन जानकारी दिँदैन। तर सरकारले मोलिक्युलर टेस्टको संख्या बढाउनु पर्ने थियो। जसले संक्रमणको वास्तविक जानकारी दिन सक्षम छ।’
शुक्रबारसम्म पेरुमा मोलिक्युलर टेस्टका माध्यमबाट एक लाख ५४ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ। जबकी र्याापिड टेस्टका माध्यमबाट यो भन्दा तीन गुणा धेरै चार लाख ६७ हजार ८ सयलाई पुष्टि भएको थियो।
महामारीको सुरुवातमा पेरुमा एकमात्रै यस्तो ल्याब थियो, जहाँ मोलिक्युलर टेस्ट हुन्थ्यो। जुनसम्म ल्याबको संख्या १२ र अगस्टसम्म ३५ पुगेको छ। डाक्टर एडुआर्डोले संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका मानिसको पहिचान र तीनलाई आइसोलेट गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्दा मात्रै महामारी नियन्त्रण गर्न सकिने बताउँछन्।
डाक्टर गजर भन्छन्, ‘सरकारको ध्यान आइसियू बेड थप्नमा केन्द्रित भयो। जबकी सरकारको ध्यान यसमा हुनुपर्थ्यो की मानिसलाई आइसियूमा आइपुग्नबाट कसरी रोक्ने।’
तेस्रो कारण - अक्सिजनको कमी
अक्सिजनको कमीका कारणसमेत पेरुमा कोरोनाबाट धेरै मृत्यु भएको छ। मिडियामा बारम्बार यस्ता तस्वीर आइरहेका छन् की मानिस अक्सिजन लिनका लागि लामो लाइनमा बसेका छन्। अक्सिजनको बढ्दो माग देखेर केही अक्सिनज सप्लायर्सले मूल्यसमेत बढाए र अक्सिजन बिक्री केन्द्रसमेत खोले।
जुनमा सरकारले अक्सिनजलाई ‘राष्ट्र हित’सँग जोडिएको उत्पादन घोषित गर्यो। बढ्दो माग देखेर २ दशमलव ५ करोड डलरको अक्सिजन खरिद गर्ने घोषणा समेत गर्यो। डाक्टर गजर भन्छन्, ‘अक्सिजनको कमीको सिधा असर मृत्युदरमा परेको छ। किनकी जसलाई अक्सिजनको आवश्यकता थियो र जसको स्वास्थ्य यसले सुधार हुन सक्थ्यो। उनीहरुको अवस्था बिग्रदै गयो, उनीहरुले न अक्सिजन पाए न अस्पतालको बेड नै।’
चौथो कारण - सरकारको हतारो
जब कोरोना विश्वका केही देशमा फैलिइरहेको थियो, पेरु सरकार तुरुन्तै एक्सनमा आयो र कडा प्रतिबन्ध लगायो। जिडिपीको ९ देखि १२ प्रतिशत हिस्सा लकडाउनका कारण बेरोजगार बनेका मानिसहरुका लागि दिने घोषणा गर्यो। तर सरकारको यो सहयोग पर्याप्त थिएन। पेरुको ७१ प्रतिशत जनसंख्या असंगठित क्षेत्रमा काम गर्छ वा मजदुरीको काम गर्छ। उनीहरुका लागि घरबाट बहिर ननिस्कनु मुस्किलको कुरा थियो।
राष्ट्रपति विन्जकाराले मे मा भिडभाडवाला क्षेत्रलाई कोरोना भाइरसको केन्द्र भने। मार्च र अप्रिलमा ती ठाँउमा मानिसहरु जान्थे। सरकारले बैंकका माध्यमबाट मानिसहरुलाई पैसा दिन थाल्यो। तर पेरुमा केवल ८३ दशमलव १ प्रतिशत वयस्कको मात्रै बैंक एकाउन्ट छ।
डाक्टर गोटुजो भन्छन्, ‘सरकारले भलै महामारी नियन्त्रणका लागि कदम उठाएको थियो। तर यो कदमले अझ महामारी फैलाउन सहयोग गर्योे।’
‘महामारीमा यूरोपका सरकारले जे गरिरहेका थिए। पेरु सरकारले पनि त्यही नक्कल गर्यो। तर पेरुले स्थितीलाई बुझेर अलग उपाएका बारेमा सोच्नुपर्ने आवश्यकता थियो।’ अन्तर्राष्ट्रिय श्रम संगठनका क्षेत्रीय प्रमुख रहिसकेका हुगो नोपो भन्छन्,‘देशमा महामारीबारे कसैलाई जानकारी थिएन। कसैले सोचेका थिएनन् की सरकारले गल्ती गर्दैछ। तर यदी सरकारले गल्ती गर्छ भने उसले सुधारको प्रयास समेत गर्नुपर्छ।’
पेरु सरकारले आफ्नो गल्तीमा सुधारसमेत गरेको छ। बजारलाई सुरक्षित गर्ने र बजार व्यवस्थामा सुधारका लागि कदमसमेत चाल्यो। बैंकिङ क्षेत्रमा सुधार गर्दै १८ वर्षमाथि उमेरका मानिसको अटोमेटिक एकाउन्ट खोल्ने व्यवस्था मिलायो।
पाँचौं कारण - लकडाउनका नियम उल्लंघन
हालै भएको एक पार्टीमा भागदौड मच्चियो। भागदौडमा परी १३ जनाको मृत्यु भयो। पेरुमा सार्वजनिक कार्यकम आयोजना गर्न रोक लगाइएपनि तोमस रेस्ट्रेम्बामा भएको त्यो पार्टीमा १३० मानिसहरु सहभागी थिए। पार्टीमा प्रहरी पुग्दा भागदौड मच्चिएको थियो।
हुगो नोपो भन्छन्, ‘यो एउटै घटना होइन। यसले मानिसहरु कति नियम पालना गर्न चाहान्छन् भन्ने देखिएको छ। दुर्भाग्य यस्तै गतिबिधीका कारण हामीले ठूलो मूल्य चुकाउनु परेको छ।’
बिहीबार प्रहरीले एक अखबारलाई बताए अनुसार महामारीको सुरुवातपछि पेरुमा ३२१ पार्टीको आयोजना गरिएको छ। अखबरका अनुसार देशमा संक्रमणको आँकडा बढ्नुको कारण नियम उल्लंघन गरिनु पनि एक हो। यूनिभर्सिटी डेल पेसिफिडोमका इकोनोमिक्सका फ्रोफेसर पाब्लो लावाडो भन्छन्, ‘यस्ता पार्टीका कारण मृत्युदर बढेको छ। तर म मान्दिन की कोरोना मृत्युको मुख्य कारण हो। यस्ता कुनै पनि तथ्यांक आएका छैनन्। जसले यो कुराको पुुष्टि गरोस्।’
पेरु सरकारले कोरोनाबाट सबैभन्दा धेरै मृत्युदर आफ्नो देशमा भएको स्वीकार गरेको छ। सरकारले सामाजिक दुरीका नियम पालना गरेर सुरक्षित रहन जनतालाई अपिल गरेको छ।
बीबीसी हिन्दीबाट