Kathmandu Press

कोरोना निको भएका बिरामीलाई पुन: संक्रमण भएको पहिलो केस हङकङमा पुष्टि 

काठमाडौं, भदौ ८ : हङकङमा एक जना बिरामीमा कोरोनाको दोस्रो पटक संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण निको भएको चार महिनापछि परीक्षण गर्दा ....

कोरोना निको भएका बिरामीलाई पुन: संक्रमण भएको पहिलो केस हङकङमा पुष्टि 
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ८ : हङकङमा एक जना बिरामीमा कोरोनाको दोस्रो पटक संक्रमण भएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण निको भएको चार महिनापछि परीक्षण गर्दा बिरामीमा फेरि कोरोना पोजेटिभ देखिएको हङकङ विश्वविद्यालयका अनुसन्धाकर्ताहरुले पुष्टि गरेका छन्। 

कोरोनाको पुर्नसंक्रमणको अवस्था फेला परेसँगै अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको प्रतिरोधी क्षमता लामो समयसम्म नरहनेबारे अध्ययन गर्न थालेको न्युयोर्क टाइम्सले लेखेको छ। ‘एक युवामा पुन कोरोना संक्रमण भएको छ । निको भएका संक्रमितलाई फेरी पनि कोरोना देखिने संभावना हुने देखिएकाले प्रतिरोधी क्षमता विकास गर्ने खोप छिट्टै उत्पादन गर्नुपर्ने देखिएको छ’, न्युयोर्क टाइम्ससँग कुरा गर्दै उक्त अनुसन्धानकर्ताले भनेका छन्।

पहिलोपटक संक्रण हुँदा हङकङका ३३ वर्षिय ती युवामा लक्षण देखिएको थियो। दोस्रो पटक संक्रमण हुँदा ती युवामा कुनै पनि लक्षण देखिएको थिएन। स्पेनबाट फर्किएपछि उनले कोरोना परीक्षण गराएका थिए। ‘दोस्रो पटकको संक्रमण नयाँ भाइरसका कारण भएको हो । पहिलेकैले होइन,’ अनुसन्धानमा संलग्न चिकित्सक केल्बिन काइ वाङले भनेका छन्।  विश्वभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा निको भएको  केही महिनामा पुर्नसंक्रमित हुने अवस्था अस्वभाविक हुने अनुसन्धानकर्ताहरुको भनाई छ।

मानिसहरुका कोरोना पुर्नसंक्रमति हुने देखिएपछि खोपको अनुसन्धान पनि पुन गर्नुपर्ने अनुसन्धानकर्ताको भनाईछ । कोरोना भाइरसको संक्रमणबाट उम्किसकेपछि पनि पुन संक्रमति हुने अवस्था आए अवस्था अझ जटिल हुन सक्ने बैज्ञानिकहरुको धारणा छ। 
 

प्रकाशित मिति: ०७:५५ बजे, मंगलबार, भदौ ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्