Kathmandu Press

के डिप्रेसन निको हुन्छ ? कसरी पाउने मुक्ति ?

डिप्रेसन विश्वभरि भेटिने सबैभन्दा साझा र सामान्य प्रकारको मानसिक समस्या हो। यो समस्या चलिरहन्छ, जाँदैन। व्यक्तिको मूड परिवर्तन भइरहन्छ। यसको अनुभव धेरैलाई छ। तर डिप्रे....

के डिप्रेसन निको हुन्छ ? कसरी पाउने मुक्ति ?

डिप्रेसन विश्वभरि भेटिने सबैभन्दा साझा र सामान्य प्रकारको मानसिक समस्या हो। यो समस्या चलिरहन्छ, जाँदैन। व्यक्तिको मूड परिवर्तन भइरहन्छ। यसको अनुभव धेरैलाई छ। तर डिप्रेसन भिन्न हो। डिप्रेसन भए कम्तिमा दुई सातादेखि वर्षौंसम्म पनि लक्षण रहिरहन्छ।

प्रेसरसँगै मुटुरोग, मोटोपन, मधुमेह, अल्झाइमर र अन्य दीर्घ रोग पनि हुने देखिएको छ। डिप्रेसन दोहोरिने जोखिम पनि उच्च हुन्छ। डिप्रेसनको अनुभव गरेका कम्तिमा ५० प्रतिशतलाई फेरि डिप्रेसन हुनसक्छ।

डिप्रेसन निको हुन्छ?

अन्य दीर्घ रोगजस्तै फेरि दोहोरिने भए पनि लक्षणलाई गम्भीर हुनबाट रोक्ने, अवस्था व्यवस्थापन गर्ने उपचार उपलब्ध छ। त्यसैले आवश्यक सहयोग पाइन्छ।
डिप्रेसनको पूर्ण उपचार नभए पनि स्वास्थ्यलाभका लागि प्रभावकारी उपचार छन्। जति छिटो उपचार थाल्यो, उति नै छिटो निको हुने सम्भावना हुन्छ।

डिप्रेसनबारे कुराकानी गरिरहनुपर्छ

यसबारे कुरा गर्न कठिन छ। डिप्रेसनले बिसञ्चो मात्रै होइँदैन। डिप्रेसन र मानसिक रोगसँग जोडिएका लाञ्छनाको डर हुन्छ। डिप्रेसनको पुरानो वा वर्तमान अनुभवबारे कुराकानी सजिलो हुँदैन। अरूलाई बोझ नहोस् भनेर वा भिन्न व्यवहार नगरियोस् भनेर कुरा गर्न नचाहने पनि हुन्छन्।

तर डिप्रेसनबारे कुरा गर्नु सबैभन्दा महत्वपूर्ण छ। यसले निको हुने बाटो खोल्छ। सामान्यतया डिप्रेसनलाई कमजोरीका रूपमा लिइन्छ। व्यक्तिले आफ्नो मूड नियन्त्रण गर्न सक्छ भन्ने मान्यता छ। तर क्लिनिकल डिप्रेसन अन्य रोगजस्तै हुन्छ र यसको उपचार गर्नुपर्छ।

डिप्रेसन भएको व्यक्तिलाई सहयोगको खाँचो हुन्छ। त्यस्ता व्यक्ति डिप्रेसनबाट मुक्ति पाउन असक्षम भएको वा प्रयासै नगरेको भन्ने हुँदैन। यसले व्यक्तिलाई भिन्न रूपले प्रभाव पार्दछ। यसको परिणाम गम्भीर पनि हुनसक्छ। एकदमै थकित अनुभव हुनसक्छ। केही कुराको वास्ता पनि नहुनसक्छ।

डिप्रेसन भएको व्यक्तिले उपचार खोज्नेभन्दा दबाएर राख्ने प्रयास गर्नसक्छन्। भित्रभित्रै असहाय अनुभव भइरहे पनि अरूलाई बताउन असम्भव भान भइरहेको हुनसक्छ। यस्तो मानसिक रोगबारे हुने कुराकानीको ठूलो महत्त्व हुन्छ।

निको हुने तरिका विभिन्न हुन्छ। फरक व्यक्तिको फरक यात्रा हुनसक्छ। सहयोग समूहमा जाने, मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्ने, औषधिउपचार वा प्रियजनसँग कुरा गर्ने   जुनसुकै उपाय भए पनि आफ्नो भावना साट्नु महत्वपूर्ण हुन्छ। आफूलाई परेको दु:खकष्ट आफू र वरपरका व्यक्तिलाई बुझ्न सहयोग पुग्छ।

डिप्रेसनबारे कसरी कुरा गर्ने?

आफ्नो भावना अरूलाई खोल्न कहिले सजिलो हुँदैन। यो सत्य हो। आफ्नो भावनाबारे सक्रियतापूर्वक बोल्ने सचेत निर्णय गर्नुपर्छ। समस्या छ भनेर बुझे मात्रै यो सम्भव हुन्छ। दोस्रो कुरा, आफूलाई कुराकानी गर्ने सहज व्यक्ति पत्ता लगाउनुपर्छ। साइकोथेरापिस्ट हुन् वा डाक्टर, आफ्नो अन्तरङ्ग भावना साट्नलाई त्यस्तो व्यक्तिसँग एकदमै सहज अनुभव हुनुपर्छ। त्यसैले सही लागेको बेलामात्रै यस्तो गर्नुपर्छ। यथार्थपरक लक्ष्य र अपेक्षा राख्नु अर्को महत्वपूर्ण कदम हो। उपचारका लागि समय र मेहनत लाग्ने भएकाले धैर्यताले ठूलो महत्व हुन्छ। अरूसँग तुलना नगरी आफ्नो लागि प्रभावकारी तरिका अपनाउनुपर्छ।

सहि उपचार विधि पत्ता लगाउने र पालना गर्ने

डिप्रेसन भए निको हुनलाई उपयुक्त उपचार विधि आवश्यक हुन्छ। औषधी, थेरापी वा दुवैको संयोजन पनि हुनसक्छ। निश्चित प्रकारका डिप्रेसनका लागि पहिले साइकोथेरापी आवश्यक हुन्। केहीलाई साइकोथेरापी र औषधिको संयोजनले निकै फाइदा पुर्‍याउँछ।

साइकोथेरापीमा समस्या र भावनाबारे तालिमप्राप्त थेरापिस्टसँग छलफल गर्नुपर्छ। थेरापिस्टले मूड मुल्याङ्कन गरेर व्यवहार र सोंचको प्याटर्न पत्ता लगाउँछन्। उनीहरूले तनाव र चिन्ता कम गर्ने केही कसरत पनि सिकाउँछन्। डिप्रेसन बल्झाउने केही अनुभव भए त्यसलाई व्यवस्थापन गर्ने तरिका विकास गर्न पनि सहयोग गर्नेछन्।

उपचार योजना पालन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। यसले डिप्रेसन दोहोरिने जोखिम पनि कम गर्छ। उपचार सुरू भएको केही सातामा निरूत्साहन हुन सक्छ। निरन्तरता दिइरहनुपर्छ।

आफ्नो स्याहार गर्नुपर्छ

डिप्रेसनको लक्षण र डिप्रेसन दोहोरिन नदिन आफ्नो स्याहार गर्नु निकै उपयोगी हुन्छ। पर्याप्त मात्रामा आराम गर्ने र निद्राले शरीर र मनलाई प्रभाव पार्छ। स्वस्थ आहार र नियमित व्यायामले मष्तिष्कमा आनन्द अनुभूति गराउने रसायन बढाउनसक्छ। त्यसैले समग्र स्वास्थ्यका लागि महत्वपूर्ण छ।

ध्यान दिनुहोस्

डिप्रेसन चुनौतीपूर्ण पक्कै छ तर मानसिक स्वास्थ्यकर्मीबाट सहि उपचार गराए र उपयुक्त तरिका अपनाए सजिलो हुन्छ। नियमित उपचार गराउने अधिकांश व्यक्ति निको हुन्छन्। यो सन्देश डिप्रेसनको समस्या झेलिरहेका लाखौं समक्ष पुर्‍याऔं। डिप्रेसनबारे कुरा गरौं।
हेल्थ शट्स 

प्रकाशित मिति: ०६:४६ बजे, बिहीबार, असार १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्