Kathmandu Press

नियमित सेक्सका फाइदाहरू

दुई दशक अघिको दाँजोमा आजभोली अमेरिकीहरू थोरै सेक्स गर्छन् । सन् २००० देखि २०१८ सम्म १८ देखि ४४ वर्ष उमेर समूहका अमेरिकी वयस्क यौन गतिविधीको अध्ययनले यस्तै देखाएको छ । ....

नियमित सेक्सका फाइदाहरू

दुई दशक अघिको दाँजोमा आजभोली अमेरिकीहरू थोरै सेक्स गर्छन् । सन् २००० देखि २०१८ सम्म १८ देखि ४४ वर्ष उमेर समूहका अमेरिकी वयस्क यौन गतिविधीको अध्ययनले यस्तै देखाएको छ । इन्डियाना युनिभर्सिटीका अनुसन्धाताले जनाए अनुसार कोभिड–१९ को महाव्याधि सुरू भएपछि अधिकांश अमेरिकी वयस्कले यौन व्यवहार घटेको बताएका छन् ।

जनसंख्या वृद्धिबाहेक सेक्स स्वास्थ्यसँग पनि जोडिएको छ । अध्ययनहरूले अनियमित सेक्स वा यौन सम्पर्क नराखे चिन्ता, शारीरिक पीडा बढ्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, प्रोस्टेट क्यान्सरको जोखिम बढ्ने र निद्रामा बाधा पुग्ने देखाएका छन् । सेक्सले स्वास्थ्य र जीवनशैलीको गुणस्तर बढाउन सहयोग पुग्छ । 

नियमित यौन सम्पर्कका फाइदाहरूः

तिखो स्मरणशक्ति

सेक्सले मष्तिष्कको कार्यक्षमता बढाउँछ । आर्काइभ्स अफ सेक्सुअल बिहेभियरमा प्रकाशित सानो अध्ययनमा १८ देखि २९ वर्षका विपरीत लिङ्गी महिलाले अमूर्त शब्द स्मरण ताजा भएको बताए ।

“शब्दको स्मरणमा हिप्पोक्याम्पसको ठूलो भूमिका हुन्छ । अनुहार सम्झनलाई एक्स्ट्रा–हिप्पोक्याम्पल संरचनाको भूमिका हुन्छ । हाम्रो अध्ययनको नतिजा हिप्पोक्याम्पसको कार्यसम्पादनमा भरपर्ने स्मरण विशेष देखिएको छ,” अध्ययनमा लेखिएको छ ।

“लिङ्ग–योनी यौनसम्पर्कको आवृत्ति धेरै भएका महिलाको हिप्पोक्याम्पसको न्यूरोजेनेसिस उच्च देखिन्छ । यसले के देखाउँछ भने स्वस्थ युवा महिलाको स्मरण शक्तिमा यौन सम्पर्कले धेरै फाइदा पुग्ने देखिन्छ,” अध्ययनको निष्कर्ष छ ।

स्वस्थ मुटु

इरेक्टाइल डिस्फङ्क्सन (इडी) श्वासप्रश्वास तथा मुटुरोगसँग सम्बन्धित छ । अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित अध्ययन अनुसार यौन सम्पर्कमा हुने कमीले ४० देखि ७० वर्षका पुरूषको धड्कनका लागि स्वस्थकर हुँदैन ।

यसमा लिङ्ग उत्तेजित हुने–नहुने विषयले फरक पार्दैन । महिनामा एक पटक मात्रै अथवा सातामा दुई पटकभन्दा धेरै यौन सम्पर्क राखे मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने अनुसन्धाताले पत्ता लगाएका छन् ।

रक्तचाप घटाउँछ

सेक्सले आनन्द दिनुका साथै तनाव पनि कम गर्दछ । त्यसैले रक्तचाप घटाउन सहयोग पुग्छ भन्दा अचम्म मान्नुपर्दैन । यौन सम्पर्क राख्ने व्यक्तिलाई तनाव कम हुने अध्ययनमा देखिएको छ । हस्तमैथुन मात्रै गर्ने व्यक्तिमा सिस्टोलिक रक्तचापको प्रतिक्रिया बढि भएको देखिएको छ ।

सम्बन्ध प्रगाढ बनाउँछ

अघिल्ला अध्ययनमा सेक्सले सम्बन्ध प्रगाढ बनाउने देखिएको छ । साइकोलोजिकल साइन्समा प्रकाशित अध्ययन अनुसार यौन सम्पर्कले दिने आनन्दका कारण यस्तो हुन्छ । 

टाउको दुखाइबाट आराम

सेफालागियामा प्रकाशित अध्ययन अनुसार माइग्रेनजस्ता कारणले टाउको दुखेको अवस्थामा सेक्सले आराम दिन्छ । अनुसन्धाताले टाउको दुखेको अवस्थामा हुने यौन गतिविधिी र दुखाइमा पर्ने प्रभावबारे माइग्रेनका आठ समय बिरामीलाई प्रश्न गरेका थिए ।

माइग्रेन भएको अवस्थामा पनि ३४ प्रतिशत सहभागीले यौन गतिविधीमा संलग्न भएको बताए । तीमध्ये ६० प्रतिशतले माइग्रेन कम भएको बताए ।

प्रकाशित मिति: ०६:३८ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्