Kathmandu Press

‘बैंकको ब्याज र भ्याट तत्काल तिर्न सकिन्न, ६ महिना सारौं’

कोरोना भाइरसको संक्रमणले सबै क्षेत्र प्रभावित भएको छ। ब्यापार व्यवसाय पनि ठप्प हुने अवस्थामा पुगेको छ। यसले पार्न सक्ने प्रभाव र सरकारले चाल्नुपर्ने कदमबारे नेपाल चेम्....

‘बैंकको ब्याज र भ्याट तत्काल तिर्न सकिन्न, ६ महिना सारौं’
Hardik ivfHardik ivf

कोरोना भाइरसको संक्रमणले सबै क्षेत्र प्रभावित भएको छ। ब्यापार व्यवसाय पनि ठप्प हुने अवस्थामा पुगेको छ। यसले पार्न सक्ने प्रभाव र सरकारले चाल्नुपर्ने कदमबारे नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसँग सोनी शाहीले गरेको कुराकानी :

कोरोना भाइरसका कारण तपाईहरुलाई कस्तो असर परेको छ?

कोरोना भाइरसका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा छ। कर्मचारीलाई तलब कसरी दिने? बैंकको ब्याज कसरी तिर्ने? सरकारलाई भ्याट (मुल्य अभिबृद्धि कर) कसरी तिर्ने भन्ने समस्या सबै उद्योगी र ब्यापारीहरुमा देखिएको छ । कोरोनाको समस्या यस्तै भयो भने व्यवसायीहरुले तलव खुवाउन र भ्याट तिर्न सक्दैनन्। त्यस्तै सरकारको राजश्व पनि उठ्ने सम्भावना छैन। सबै तिरबाट दवाव सृजना भइरहेको छ । सरकारले अहिलेको संकटका लागि विषेश नीति अख्तियार गर्न आवस्यक छ ।

तपाईहरुले सरकारबाट के अपेक्षा गर्नु भएको छ?

पहिलो विषय त अव हरेक महिना भ्याट तिर्न सकिँदैन। सरकारलाई सबैले हरेक महिनाको २५ गते भ्याट बुझाउनु पर्छ । हामीले धेरैको भ्याट बिल काटिसक्यौं तर कतिपयले पैसा दिएका छैनन्। अहिले सबै कामहरु ठप्प भएको हुँदा पैसा दिन पनि मानिरहेका छैनन् । त्यसैले भ्याटको काम कम्तिमा ६ महिना पर सारेर सरकारले सहजिकरण गर्नुपर्छ।

चैत्तमा कर र ब्याज तिर्ने बेला भइसकेको छ । यसलाई पनि रिस्याडुल गरेर सरकारले समयावधि बढाउनु पर्छ । जबसम्म राम्रो अवस्था सृजना हुँदैन तबसम्मको लागि सरकारले समय बढाउनु पर्छ।

हामी चाहन्छौं सरकार र राष्ट्र बैंकले अहिलेको आपत्कालिन अवस्थामा कारोबारका लागि बैंकले पनि ब्याजदरमा के कस्तो सहुलियत दिन सकिन्छ भन्ने कुरा निर्धारण गर्न आवस्यक छ।  

नेपाल चेम्बर अफ कमर्सले अहिलेको अवस्थामा के गर्ने योजना बनाएको छ?

हामीले सबैभन्दा पहिलो आवश्यकताको रुपमा रहेको मास्क बनाउने काम थालेका छौ। चेम्बरकै पहल मास्क बनाउने ठूलो मेसिन ल्याएका छौँ ।

आइतबारदेखि दैनिक ५० देखि ६० हजार माक्स बजारमा पठाउने तयारीमा हामी छौँ। साथै हर्बलको स्यानिटाइजर बनाउने काम पनि अघि बढेको छ। टेकुको शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालमा र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थर्मोगन (ज्वरो नाप्ने मेसिन) चेम्बरलेनै वितरण गरेको छ।

व्यापारीहरुबाट अहिलेको अवस्थामा खाद्यन्न लगायतका वस्तुहरुमा कालोबजारी बढेको छ नी?

अहिले माक्समा सबैभन्दा बढी कालोबजारी भएको देखिएको छ। तर खाद्यान्नमा भने कालोबजारी भएको पाइएको छैन । तर सर्वसाधारणमा कोरोनाका कारण सामान सर्टेज हुनसक्ने डर भएको हुँदा धेरै भण्डारण गरिरहेको हुनसक्छ।

हालसम्मको स्थिती हेर्दा जहाँसम्म मलाई लाग्छ खाद्यान्नको अभाव हुने अवस्था आउदैन। तर मुख्य कुरा भनेको हामी आत्तिनु भएन। समस्यालाई समान्य रुपमा लिएर अघि बढ्नुनै सबैभन्दा राम्रो विकल्प हो।

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्