Kathmandu Press

छिट्टै म काममा फर्किन्छु : प्रधानमन्त्री

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै काममा फर्किने बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्ण....

छिट्टै म काममा फर्किन्छु : प्रधानमन्त्री
फाइल फाेटाे

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै काममा फर्किने बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालसँग कुराकानी गर्दै छिट्टै काममा फर्किने बताएका हुन। उनी शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका थिए।

प्रधानमन्त्री ओलीलाई भेटेर फर्केपछि रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीले छिट्टै काममा फर्किने बताएको उनले जनाएका छन्। उनले ट्वीटमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ। छिट्टै म काममा फर्किन्छु।’

 

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ। उनी अहिले अस्पतालमै रहेका छन्।

प्रकाशित मिति: ११:५० बजे, शुक्रबार, फागुन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्