Kathmandu Press

दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टी २० मा भारत विजयी

पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिका डीएल मेथड अनुसार विजयी भएको थियो ।योसँगै सिरिज पनि १–१ को बराबरीमा सम्पन्न भयो ।
दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टी २० मा भारत विजयी

काठमाडौं, मंसिर २९ : दक्षिण अफ्रिका र भारतबीचको टी २० सिरिज ‘ड्र’ भएको छ । बिहीबार राति जोहानेसवर्गमा भएको शृंखलाको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा भारत १०६ रनले विजयी भयो । 

पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिका डीएल मेथड अनुसार विजयी भएको थियो ।योसँगै सिरिज पनि १–१ को बराबरीमा सम्पन्न भयो ।

बिहीबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले १३.५ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा रोकियो ।

Hardik ivf

पहिला ब्याटिङ गर्दा भारतीय कप्तान सूर्यकुमार यादवले टी २० अन्तर्राष्ट्रिय करियरको चौथो शतक बनाए । यो शतकसँगै सूर्यले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानको बराबरी गरेका छन् ।  रोहित र म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा ४–४ शतक बनाएका छन् । 

सूर्यकुमारले करिअरको ६० औं खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसैगरी चाइनाम्यान स्पिनर कुलदीप यादवले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले जम्मा २.५ ओभरमा १७ रन दिएर ५ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो उत्कृष्ट प्रदर्शन हो ।

भारतले पहिला ब्याटिङ गर्दा टोलीले २९ रनको स्कोरमा २ विकेट गुमाएपछि दबामा आएको थियो । केशव महाराजले लगातार शुभमन गिल (१२) र तिलक वर्मा (०) लाई पभेलियनको बाटो देखाएका थिए ।

त्यसपछि यशस्वी जैसवाल (६०)ले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरेका थिए । यशस्वीले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । त्यसपछि सूर्यले चौथो विकेटका लागि रिंकु सिंह (१४) सँग ४७ रनको साझेदारी गरे । 

एन्डिल फेहलुकवायोको इनिङ्सको १३ औं ओभरमा सूर्यले ३ छक्का र एक चौका प्रहार गर्दै कुल २३ रन बनाए । त्यसपछि नन्द्रे बर्गरले इनिङ्सको १६औं ओभरमा २ चौका र १ छक्का प्रहार गर्दै ओभरमा कुल १७ रन बनाए ।

दक्षिण अफ्रिकाका लिजार्ड विलियम्स र केशव महाराजले २–२ विकेट लिए । नान्द्रे र तबरेज शम्सीले समान १–१ विकेट लिए ।

२०२ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ३५ रन बनाए । उनीबाहेक कप्तान एडन मार्करामले २५ रनको योगदान दिए । फरेरा (१२) दोहोरो अंकमा पुग्ने तेस्रो खेलाडी हुन् ।

भारतका लागि कुलदीपका अलावा रविन्द्र जडेजाले २ विकेट लिए । मुकेश कुमार र अर्शदीप सिंहलेसमान १–१ विकेट लिए ।

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं आइपुगे शिखर धवन
काठमाडौं आइपुगे शिखर धवन