नेपाल र सिंगापुरबीचको खेल वर्षाले अवरुद्ध
काठमाडौं, फागुन २३ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगिताअन्गर्तत नेपाल र सिंगापुरबीचको खेल वर्षाले अवरुद्ध भएको छ।
थाइल्यान्डको टेर्ड....

काठमाडौं, फागुन २३ : एसीसी टी–२० इस्टर्न रिजन प्रतियोगिताअन्गर्तत नेपाल र सिंगापुरबीचको खेल वर्षाले अवरुद्ध भएको छ।
थाइल्यान्डको टेर्डथाइ रंगशालामा आज बिहान ८ः१५ बजे तय गरिएको खेल वर्षाले हुन सकेन्। खेल अवरुद्ध भएपछि नेपाल र सिंगापुरले एक–एक अंक पाएका छन्।
यो एक अंकसहित नेपालको तीन अंक भएको छ। सिंगापुर भने यो एक अंकसहित अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। उसको सात अंक भएको छ।
चार-चार अंक जोडेका हङकङ र मलेसिया दोस्रो र तेस्रो स्थानमा छन्। अबको खेल हङकङ र मलेसियाबीच हुनेछ। विजेता टोली उपविजेता बन्दै एसिया कपका लागि छनोट हुनेछ।
नेपालको थाइल्यान्ड यात्रा सुखद रहेन। सुरुआती दुई खेल हङकङ र मलेसियाँसग हारेको नेपालले थाइल्यान्डसँग जित हासिल गरेको थियो।











