Kathmandu Press

कोरोनाबाट अमेरिकामा १२ को मृत्यु, ८७ देशमा ९७ हजार बिरामी

काठमाडौं, फागुन २३ : कोरोना भाइरसबाट अमेरिकामा १२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएको पानी जहाजबाट उद्धार गरिएका ७२ वर्षीय बृद्धको उपचारका क्रममा....

कोरोनाबाट अमेरिकामा १२ को मृत्यु, ८७ देशमा ९७ हजार बिरामी

काठमाडौं, फागुन २३ : कोरोना भाइरसबाट अमेरिकामा १२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएको पानी जहाजबाट उद्धार गरिएका ७२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो।

कोरोना भाइरसको संक्रमण देखिएपछि थाइल्यान्डबाट आउदै गरेको जहाजलाई जापानले क्वारेन्टाइनमा राखेको थियो। त्यहाँ रहेका आफ्ना नागरिकलाई अमेरिकाले उद्धार गरेर लगेको थियो। त्यहीबाट लगिएका ७२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

उनको क्यालिफोर्नियामा मृत्यु भएको हो। यस अघि मृत्यु भएका ११ जना वासिंगटन राज्यका रहेका छन्।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक सय २९ पुगेको सरकारले घोषणा गरेको छ। तर, सञ्चारमाध्यमका अनुसार, कोरोना भाइरस संक्रमितको संख्या दुई सय २५ पुगेको छ। सरकारले घोषणा गरेको छैन।

शुक्रबारसम्म संसारभर १६ देशमा तीन हजार तीन सय ८३ जनको मृत्यु भएको छ। चीनमा मात्रै तीन हजार ४२ जनाको मृत्यु भएको छ। चीन बाहिर १५ देशमा तीन सय ४१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

इटालीमा एक सय ४८, इरानमा एक सय सात, दक्षिण कोरियामा ४२, जापानमा १२, अमेरिकामा १२, फ्रान्समा सात, स्पेनमा तीन, हङकङ र इराकमा दुई–दुई जनाको मृत्यु भएको छ। त्यस्तै, ताइवान, अस्ट्रेलिया, थाइल्यान्ड, फिलिपिन्स, स्वीट्जरल्यान्ड र बेलायतमा एक–एक जनाको मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमण घटेको छैन। शुक्रबारसम्म ८५ देशमा संक्रमण देखिएको छ। यसबाट ९७ हजार बिरामी परेका छन्।

प्रकाशित मिति: १०:५६ बजे, शुक्रबार, फागुन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्