Kathmandu Press

नेपाल अन्तिम खेलमा सिंगापुरसँग भिड्दै

काठमाडौं, फागुन २३ : एसिया कप छनोटका रुपमा रहेको एसिसी टी–२० इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज नेपाल सिंगापुरसँग भिड्दै छ।

थाइल्यान्....

नेपाल अन्तिम खेलमा सिंगापुरसँग भिड्दै

काठमाडौं, फागुन २३ : एसिया कप छनोटका रुपमा रहेको एसिसी टी–२० इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज नेपाल सिंगापुरसँग भिड्दै छ।

थाइल्यान्डको टेर्डथाइ रंगशालामा नेपाल र सिंगापुर भिड्न लागेका छन्। नेपाल इस्टर्न रिजन प्रतियोगिताको अन्तिमलाई जितमा परिणत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

नेपाल प्रतियोगिताबाट बाहिरसकेको छ। मलेसिया र हङकङसँग पराजित भएसँगै नेपालको एसिया कप यात्रा रोकिएको थियो।

सिंगापुर भने एसिया कपका लागि छनोट भइसकेको छ। ६ अंकसहित सिंगापुर अंकतालिकाको शीर्ष स्थानमा छ।

त्यस्तै, समान चार अंकसहित हङकङ र मलेसिया दोस्रो र तेस्रो स्थानमा छन्। आज  हङकङ र मेलसियाबीच हुने खेलको विजेता टोली पनि उपविजेता बन्दै एसिया कपका लागि छनोट हुनेछ।

नेपाल दुई अंकसहित चौथो र थाइल्यान्ड पाँचौ स्थानमा छ। थाइल्यान्डले एउटा पनि खेल जितेको छैन।

नेपाल र सिंगापुरबीचको खेल ११ः१५ बजे सुरू हुनेछ।

प्रकाशित मिति: १०:१७ बजे, शुक्रबार, फागुन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्