कोरोना भाइरसबाट बेलायतमा एक जनाको ज्यान गयो
काठमाडौं, फागुन २३ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गर....

काठमाडौं, फागुन २३ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् ।
बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो । बेलायती अधिकारीहरु अहिले ती महिलासँग सम्पर्कमा रहेको व्यक्तिहरुको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: ०८:०७ बजे, शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












