एफए कपको क्वार्टर फाइनल समीकरण पूरा
काठमाडौं, फागुन २३ : एफए कपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
बिह....

काठमाडौं, फागुन २३ : एफए कपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा डर्बी काउण्टी क्लबलाई तीन–शून्यले हराउँदै युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडलाई जिताउन ओडिओन इगालोले दुई तथा ल्युक शले एक गोल गरे । युनाइटेडले क्वार्टर फाइनलमा नर्विच सिटीसँग खेल्नेछ ।
पेनाल्टीमा टोटनह्यामलाई हराउँदै नर्विच २८ वर्षपछि एफए कपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अन्य क्वार्टर फाइनल खेलमा आर्सनल र शेफिल्ड युनाइटेड, चेल्सी र लेस्टर सिटी तथा म्यान्चेस्टर सिटी र न्युक्यालस प्रतिस्पर्धा गर्दैछन् ।
प्रकाशित मिति: ०७:४८ बजे, शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार