भारतविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट
आईसिसी क्रिकेट मैदान दुबईमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो।
काठमाडाैं, मंसिर २६ : युएईमा जारी यू–१९ एसिया क्रिकेटको तेस्रो खेलमा नेपालले निकै खराब ब्याटिङ गरेको छ। आईसिसी क्रिकेट मैदान दुबईमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनउान सकेनन्। नेपालका लागि दसौं नम्बरमा ब्याटिङका लागि आएका हेमन्त धामीले सर्वाधिक ८ रन बनाउँदा अर्जुन कुमाल र दीपक बोहराले समान ७ रन बनाए। नेपालले १३ रन अतिरिक्त पाएको थियो।
नेपालको इनिङ धरासायी बनाउने क्रममा भारतका राज लिम्बानीले ९.१ ओभरमा ३ मेडनसहित १३ रन मात्र खर्चेर ७ विकेट लिए। यस्तै, आराध्य शुक्लाले २ तथा अर्सिन कुलकर्नीले १ विकेट लिए।
नेपाल यसअघिका पाकिस्तानसँग ७ र अफगानिस्तानसँग ७० रनले पराजित भएको थियो।
प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)