Kathmandu Press

पोखरामाथि काठमाडौंमाथि उत्कृष्ट पुनरागमन जित

सोमबार साँझ दशरथ रंगशलामा भएको खेलमा काठमाडौंले पोखरा थन्डर्समाथि २–१ले उत्कृष्ट पुनरागमन जित निकाल्यो।
पोखरामाथि काठमाडौंमाथि उत्कृष्ट पुनरागमन जित

काठमाडौं, मंसिर २५ : काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिगमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स विजयी भएको छ। सोमबार साँझ दशरथ रंगशलामा भएको खेलमा काठमाडौंले पोखरा थन्डर्समाथि २–१ले उत्कृष्ट पुनरागमन जित निकाल्यो।

काठमाडौंलाई जित दिलाउन एनकुनगुए जुनियर र शोखरुखले गोल गरेपछि पोखराका लागि आयुष घलानले गोल गरेका थिए।

Hardik ivf

खेलमा पोखराले पूर्णरुपमा दबाब बनाएको थियो । खेलको पहिलो हाफ गोलरहित बरारबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुआतमै पोखराले अग्रता लियो। ५९औं मिनेटमा उसका आयषले गोल गरेका थिए।

८३औं मिनेटमा गोल गर्दै काठमाडौं खेलमा फर्कियो। उसका एनकुनगुएले गोल गरेका थिए। त्यसपछि बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा शोखरुखले पोखराका गोलकिपरको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

यो जितसँगै काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित पोखराले भने शीर्ष स्थानमा उक्लने अवसर गुमायो। उ ८ अंकसहित नै पाँचौं स्थानमा छ। ९ अंकसहित ललितपुर सिटी एफसी शीर्ष स्थानमा छ भने ८ अंक नै जोडेको धनगढी दोस्रो स्थानमा छ। धनगढीले ४ खेल मात्र खेलेको छ।

प्रकाशित मिति: १९:५२ बजे, सोमबार, मंसिर २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्