Kathmandu Press

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो 

काठमाडौं, फागुन २२ : त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपण गरिएको दोस्रो दिन स्वास्थ्....

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, प्रत्यारोपित मिर्गौलाले काम गर्न थाल्यो 
फाइल

काठमाडौं, फागुन २२ : त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुनः प्रत्यारोपण गरिएको दोस्रो दिन स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको बताएको छ।  

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालिसकेको जानकारी दिए। 

उनले प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको पनि जानकारी दिए। डा. खड्गाले प्रधानमान्त्री ओलीलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौलाको पुनः प्रत्यारोपण गरिएको थियो। 

यस्तै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य स्थिति स्थिर रहेको डा. खड्गाले जानकारी दिए।

उनका अनुसार समीक्षालाई पनि आजैदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ। 
 

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, फागुन २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्