Kathmandu Press

आइसोलेसन वार्डबाट भागे काेरियाबाट आएका नेपाली

काठमाडौं, फागुन २२ : कोरोना भाइरसको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको नेपाली अस्पतालको झ्यालबाट हाम फालेर भागेका छन्।

कोरियाबा....

आइसोलेसन वार्डबाट भागे काेरियाबाट आएका नेपाली

काठमाडौं, फागुन २२ : कोरोना भाइरसको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको नेपाली अस्पतालको झ्यालबाट हाम फालेर भागेका छन्।

कोरियाबाट आएका सुनसरी घर भएका युवा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। 

बुधबार राति नै झ्यालबाट हाम फालेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमण भएको आशंकामा अस्पताल भर्ना भएका उनलाई आइसोलेसन वार्डमा राखिएको थियो।

नीसँगै यूएई र कतारबाट आएका तीन जना नेपाली र एक जना फ्रान्सका नागरिक अस्पताल भर्ना भएका थिए। अन्य तीन जना भने अस्पतालमै रहेका छन्। उनीहरूको आज कोरोना भाइरस परीक्षण गरिन लागेको छ।

यसअघि पनि चार जना अस्पताल भर्ना भएका थिए। संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको थियो।

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, फागुन २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्