Kathmandu Press

यू–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

अब नेपाल सेमिफाइनल पुग्न भारतलाई फराकिलो अन्तरले हराउनुपर्ने छ भने अफगानिस्तान पाकिस्तानसँग पराजित हुनुपर्नेछ।
यू–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं, मंसिर २४ : युएईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लागतार दोस्रो हार व्यहोरेको छ। आइतबार साँझ सकिएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भयो।

लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंकगणीतीय रुपमा मात्र बाँकी छ। पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित नेपालले अन्तिम खेल भारतसँग खेल्नेछ। अब नेपाल सेमिफाइनल पुग्न भारतलाई फराकिलो अन्तरले हराउनुपर्ने छ भने अफगानिस्तान पाकिस्तानसँग पराजित हुनुपर्नेछ।

Hardik ivf

यो समूहमा पाकिस्तानले लागतार २ जित निकाल्दा भारत र अफगानिस्तानले समान १ खेल जितेका छन्।

अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १८८ रनमै अलआउट भयो। ओपनर अर्जुन कुमालले ९१ रनको महत्वपूर्ण इनिङ खेलेपनि अन्यले गतिलो साथ नदिँदा नेपाल पराजित भयो। अर्जुनले १०८ बलमा १३ चौका प्रहार गरे।

यस्तै, कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फारिदुन दाविदजाइ र नासिर खानले समान ३ विकेट लिए भने मोहम्म्द युनिसले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले जम्सिद अद्रानको शतकीय इनिङमा ३ बल बाँकी छँदा अलआउट हुँदै २६१ रन बनायो। जद्रानले १५२ बलमा ८ चौका प्रहार गर्दै १०६ रन बनाए। यस्तै, नुमन साहले ४१ बलमा ६० रन बनाउँदा रहिमुल्लाह जुर्मतीले ३५ रनको योगदान दिए।

नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डरीले समान २ विकेट लिँदा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिए।

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, मंसिर २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्