Kathmandu Press

काठमाडाैं जिल्ला प्रशासनले भन्यो- पर्व, उत्सव, मेलामा सहभागी नहुनू

काठमाडौं, फागुन २२ : कोरोना भाइरसका कारण संसारभर महामारी फैलिएकाले काठमाडौं पनि होली लगायत पर्व, उत्सव र मेलामा सहभागी नहुन काठमाडौं जिल्ला प्रशा....

काठमाडाैं जिल्ला प्रशासनले भन्यो- पर्व, उत्सव, मेलामा सहभागी नहुनू

काठमाडौं, फागुन २२ : कोरोना भाइरसका कारण संसारभर महामारी फैलिएकाले काठमाडौं पनि होली लगायत पर्व, उत्सव र मेलामा सहभागी नहुन काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा कोरोना भाइरसबाट सचेतना अपनाउन आग्रह गरिएको छ। प्रशासन कार्यालयले होली लगायत पर्वमा भीडभाड हुने गरी कार्यक्रम आयोजना नगर्न समेत आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाद्वारा जारी सूचनामा सरकारले समेत भीडभाडमा नजान, सभा, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्मरण गराइएको छ।

सूचनामा भनिएको छ, ‘कोरोनाबाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको साथै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अनपाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होलीलगायत)का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुनसमेत सबैमा अनुरोध छ।’

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेका पाँच देशमा राखेको छ। बिहीबारसम्म ७६ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसबाट ९५ हजार बिरामी परेका छन् भने तीन हजार दुई ८३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, फागुन २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्