Kathmandu Press

सामाजिक सञ्जालभन्दा टाढा बलिउडका पाँच हस्ती

काठमाडौं, फागुन २२ : चर्चा पाउन सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ। यसमा सेलेब्रेटीमात्रै होइन, आम नागरिक पनि भाइरल बन्न सक्छन्, क्षण्भरमै।

सामाजिक सञ्जालभन्दा टाढा बलिउडका पाँच हस्ती

काठमाडौं, फागुन २२ : चर्चा पाउन सामाजिक सञ्जाल सजिलो माध्यम बनेको छ। यसमा सेलेब्रेटीमात्रै होइन, आम नागरिक पनि भाइरल बन्न सक्छन्, क्षण्भरमै।

सेलेब्रेटीले त सामाजिक सञ्जालको भरपूर उपयोग गरिरहेका छन्। हरेक दिन कुनै न कुनै सेलेब्रेटीका तस्बिर, भिडियो भाइरल भइरहेकै हुन्छन्।

केही यस्ता सेलिब्रेटी पनि छन्, जो सामाजिक सञ्जालभन्दा टाढा बसेका छन्। उनीहरूका तस्बिर, भिडियो सामाजिक सञ्जालमा भाइरल त हुन्छन्, तर उनीहरू भने सामाजिक सञ्जालसँग जोडिएका छैनन्।

Hardik ivf

सामाजिक सञ्जालसँग नजोडिएका बलिउडका पाँच हस्ती छन्, कंगना रनौत, करीना कपूर, रणवीर कपूर, रेखा र सैफ अली खान।

कंगना हरेक विषयमा आफ्नो विचार राख्छिन्। कुनै विषयमा उनको प्रशंसा हुन्छ, त कुनैमा आलोचना। तर, उनी चुप बस्दिँनन्। तैपनि सामाजिक सञ्जालभन्दा भने टाढै छिन्। उनका विचार उनी बहिनी रंगोली चंदेलले आफ्नो एटाउन्टबाट सार्वजनिक गरिदिन्छिन्।

करीना पनि सामाजिक सञ्जालमा जोडिएकी छैनन्। त्यस्तै, रणवीर कपूर पनि सामाजिक सञ्जालमा छैनन्। उनको त अमिताभ बच्चन समेत प्रशंसा गर्छन्। उनका कयौं तस्बिर सामाजिक सञ्जालमा भाइरलनै हुन्छन्। उनी भने सामाजिक सञ्जालबाट टाढा छन्।

त्यस्तै, बलिउडकी लोकप्रिय अभिनेत्री रेखा पनि सामाजिक सञ्जालमा छैनन्। उनकै उमेरका अमिताभ बच्चन र ऋषि कपूर सामाजिक सञ्जालमा खुब सक्रिय छन्। उनी भने सामाजिक सञ्जालबाट टाढै रहन चाहिन्छन्। सैफ अली खान पनि यस्ता बलिउड अभिनेता हुन, जो सामाजिक सञ्जालभन्दा टाढा छन्।

 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्