Kathmandu Press

यू–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिम भेट्टायो।
यू–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं, मंसिर २२ : यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। दुबईस्थित आईसिसी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५३ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिम भेट्टायो। उसका लागि अजान अविस र साद बैगले अर्धशतक बनाए। अविसले ६२ बल ८ चौका प्रहार गर्दै ५६ रन बनाए भने बैगले ५६ बलमा ५० रन बनाए।

यी दुईले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। यस्तै, मोहम्मद जिसनले २० र साजाइब खानले १५ रनको योगदान दिए।  

Hardik ivf

नेपालका लागि गुल्सान झाले २ विकेट लिए भने आकाश त्रिपाठीले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो।

माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपाल दबाबमा परेको थियो। नेपालका अनुभावी खेलाडीद्वय कप्तान देव खनाल र गुल्सन झाले ब्याटबाट योगदान दिन सकेनन्।

४६–५को खराब अवस्थामा रहेको नेपाललाई उत्तम थापामगर र दीपेश कडेँलले अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ लगेका थिए। उत्तमले अर्धशतक बनाए। उलने ७६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए।

यस्तै दीपेशले ५९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाए। यस्तै, ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउने सकेनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा पाकिस्तानका मोहम्मद जिसनले ९।२ ओभरमा १९ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, अमिर असनले २ तथा उवैद साह र अलि अस्फान्दले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, मंसिर २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्