Kathmandu Press

यू–१९ एसिया कप : नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य

पाकिस्तानको कसिलो बलिङसामू नेपाली टिम ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो। माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।
यू–१९ एसिया कप : नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य

काठमाडाैं, मंसिर २२ : युएईमा आजबाट सुरु भएको यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध खराब व्याटिङ गरेको छ। दुबईस्थित आईसिसी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य दिएको छ।

पाकिस्तानको कसिलो बलिङसामू  नेपाली टिम ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो।  माथिल्लो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि नेपाल दबाबमा परेको थियो।

Hardik ivf

४६–५को खराब अवस्थामा रहेको नेपाललाई उत्तम थापामगर र दीपेश कडेँलले अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ लगेका थिए। उत्तमले अर्धशतक बनाए। उलने ७६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए।

यस्तै दीपेशले ५९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाए। यस्तै, ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउने सकेनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा पाकिस्तानका मोहम्मद जिसनले ९.२ ओभरमा १९ रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै, अमिर असनले २ तथा उवैद साह र अलि अस्फान्दले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, मंसिर २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्